समाज

सप्तरीको रुपनी गाउँपलिकामा पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

कञ्चनरुप (सप्तरी) ,१५ साउन । सप्तरीमा छ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपलिकामा वडा नम्बर १ नकटीरायपुरका अबधी राम यादवको ६ वर्षीय छोरा युवराज कुमार यादव रहेका छन ।
शुक्रबार घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुवेर सिकिस्त घाइते भएका बालकलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
घटना बारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page