समाचार

३४ ग्राम ब्राउन सुगर र नेपाली २ लाख ५१ हजार नगद सहित दुई जना पक्राउ

झापा । झापाको मेचिनगर नगरपालिका ९ स्थित लिलाबस्तीको लिलाचोक स्थित लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जना नगद र ब्राउन सुगर सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका १ का २६ वर्षीय सरोज भुजेल र सोही स्थानका ३५ वर्षीय निर्मल भुजेल रहेका छन् ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण व्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
मे ४ प ४०९७ र मे ६ प ३२१३ नम्बरको दुई वटा मोटरसाइकल सहित लागूऔषध ब्राउन सुगर कारोबार गर्न लागेको अबस्थामा खानतलासी गर्दा झोला भित्र लागूऔषध ब्राउन सुगर ३४ ग्राम र नेपाली २ लाख ५१ हजार प्रहरीले फेला पारेको छ ।
पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page