समाचार

कोशीटप्पु आरक्षको जनावरबाट उत्पन्न समस्या समाधान गर्न आफ्नो सक्रिय भुमिका रहने; नेता प्याकुरेल

डम्बर राई /
कञ्चनरुप (सप्तरी) ।
राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने जनावरको आतङ्कले देखा परेका समस्यालाई समाधान गर्न आफ्नो सक्रिय भुमिका रहने बताउँनु भयो ।
कञ्चनरुप नगरपालिकामा आयोजित आरक्षबाट उत्पन्न समस्याको समाधानका लागि छलफल कार्यक्रममा नेता प्याकुरेलले प्रमुख अतिथिको आसनबाट भन्नुभयो, मुलभूतरुपमा बाझिएको ऐन, कानुनलाई टुङ्गो लगाउँने र आरक्षभित्रका घरपालुवा जनावरलाई बाहिर निकालेर सम्बन्धित पक्षलाई बुझाउँने तथा कान्जीहाउसको व्यवस्था मिलाएर राख्ने ।
उहाँले मुख्यतया यिनै दुुईवटा कामलाई तत्काल पूरा गर्न सके जनावरबाट हुने क्षति र स्थानिय सरकारमा बाझिएको व्यवस्थाको हल भएर जाने बताउँनु भयो । जीवजन्तुको महत्व र आवश्यकताको व्याख्या गर्नुहुदै नेता प्याकुरेलले मार्ने, मास्ने जस्ता कार्य नगर्न आग्रह गर्नुहुदै यसको व्युरोक्रेसीलाई मिलाएर व्यवस्थापनमा जुट्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले आरक्ष जनताका लागि अभिसाप भएको बताउँनु भयो । आरक्ष र वनको स्रोत साधनलाई स्थानिय सरकारले उपयोग गर्न नमिल्ने कस्तो ऐन नियम हो ? यसको प्रवर्धन, संरक्षण, सम्बर्धन जस्ता कार्यमा स्थानिय सरकारको पहुँच हुनुपर्ने तर त्यहाँका स्रोतमाथी अधिकार नहुने विवादी ऐन कानुनका कारण पनि स्थानिय जनताले समस्या भोग्नु परेको हो नगर प्रमुख मिश्रले दावी गर्नुभयो ।
यस नगरपालिकामा मात्रै विगत चार वर्षयता हात्तीले ११ जनाको ज्यान लियो भने डेढ दर्जन जती घाइते भए , तीन दर्जन बढीको घरवार विहिन र सैयौं किसानहरुको बिगौं बाली उजाडिएका छन् । यस्तो भयावह अवस्था मच्चि रहँदा पनि त्यस मातहातका निकायले कुनै चासो नदिइएपछि प्रमुख जिल्ला अधिकारी समक्ष आफुले दवाव दिइएको उहाँले थप्नुभयो ।
उहाँले भन्नुभयो जङ्गली जनावरको आतङ्कको क्षतिपूर्ती वापत नेपाल सरकारले दिइने राहत पनि उचित छैन, क्षतिको विवरण अनुसारको राहत हुनुपर्ने तर घर भत्काएकोमा दश हजार भन्दा बढी दिइदैन । मध्यवर्ती समिति जनताको समस्या समाधान गर्ने तर्फ लाग्दैन, यिनिहरुले स्थानिय जनता एवं किसानका हक, हीतका निम्ती काम नगरेर आरक्ष प्रशासन र सेनालाई मात्र सहयोग पुर्याउँने काम गर्छन् उहाँले दुख व्यक्त गर्नुभयो ।

यस्तै पिडा छ सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा गौतमको । उहाँले पनि आरक्षबाट आउने जनावरको आतङ्कले जनतामा भएका पिडा, हानी नोक्सानीकोे बारेमा प्रष्ट्याउँनु भयो । उहाँले ऐन नियम बाझिएको भन्नुहुदै स्थानिय स्रोत साधन स्थानिय सरकारको मातहातमा भनिएको छ तर वन, सिंचाई, आरक्ष भने उनिहरुकै हातमा छ नगर प्रमुख गौतमले गुनासो गर्नुभयो । विश्व सम्पदा सूचीमा पारेर मागी खाने भाँडोको रुपमा देखा परेको हो , बहिरबाट अनुदान सहयोग ल्याउँने तर कुनै काम नगर्ने यस्तो छ वन र आरक्षको ।
कञ्चनरुप नगरपालिकाकी नगर उपप्रमुख निरु पोखरेलले समस्याको मात्र धेरैपल्ट चर्चा परिचर्चा हुदै आएको हो र हामी समाधान तर्फ उन्मुख भइयो पनि तर समस्या उस्तै छ अब भने समाधानको अन्त्य गर्ने काममा लाग्नु उपयुक्त होला भन्दै सुझाव दिनुभयो ।

नगर प्रमुख मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागि विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, वार्ड अध्यक्षहरु, समाजसेवी, सञ्चारकर्मी, मध्यवर्ती क्षेत्रका जिम्मेवार लगायतले आरक्षको संरक्षण, सम्वर्धन गर्दै त्यहाँबाट आउने जनावरको आतंक एवं तिनीहरुले पु¥याउँने क्षतीको पूर्ती तथा समस्या समाधानको उपाय र तिनको नियन्त्रणको बारेमा छुट्टाछुट्टै धारणा व्यक्त गरेका थिए ।
कञ्चनरुप नगरपालिकाका प्रशासन शाखा प्रमुख राजेश कुमार यादवले कार्यक्रम संचालन गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page