खेलकुद

पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रीकेटबाट सन्यासको घोषणा

काठमाडौं । नेपाली क्रिकेट टिमका सफल खेलाडी तथा पूर्वकप्तान पारस खड्काले सन्यासको घोषणा गरेका छन् ।
उनले आज बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
‘सम्पूर्ण क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु,’ पारसले लेखेका छन् ।
उनले यो अवस्थामा पुर्‍याउन माया र साथ दिने सम्पूर्णमा आभारसमेत व्यक्त गरेका छन् ।

‘सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरू गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,’ पारसले लेखेका छन् ।
उनले सन् २००९ देखि १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हाले । उनले खेलाडीका रूपमा नेपाली क्रिकेटका लागि झण्डै डेढ दशक बिताए ।
पारसको कप्तानीमा नेपालले डिभिजिन ५ देखि एकदिवसीय मान्यता समेत पायो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page