खेलकुद

सप्तरीमा लामो समयसम्म सेवारत खेलकुद कर्मचारीहरूलाई सम्मान सहित विदाई

राजविराज, २० भदौ । लामो समयसम्म जिल्ला खेलकुद विकास समिति सप्तरीमा सेवारत दुई जना कर्मचारीलाई सम्मानसहित विदाई गरिएको छ ।
आइतबार जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा आयोजित कार्यक्रमा फुटबल प्रशिक्षक राजकुमार परियार र कार्यालय सहयोगी त्रिपितनारायण साहलाई सम्मानसहित विदाई गरिएको हो ।
कार्यक्रममा समितिले उहाँहरूलाई जिल्लाको खेलकुद विकासमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कदर पत्रसहित दोसल्ला ओढाएर विदाई गरेको छ ।

फुटबल प्रशिक्षक परियार २०५२ साल असोजदेखि कार्यरत रही ०७८ जेठ २ गते उमेर हदका कारण फुटबल प्रशिक्षक अधिकृत तृतिय पदबाट अनिवार्य अवकाश पाएका हुन ।
यसैगरी २०३८ साल मङ्सिर ६ गतेदेखि २०४८ सालसम्म स्थायी रुपमा सेवारत साहले २०५० सालदेखि २०७५ सालसम्म स्थानीय स्रोतबाट पारिश्रमिक पाउँदै सेवा प्रदान गरेका थिए ।
सम्मान तथा विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका अध्यक्ष रन्जन थापा र कार्यालय प्रमुख दिनेश भुजेलले कदर पत्र प्रदान गरेका थिए ।

कार्यक्रम करातेका बरिष्ठ प्रशिक्षक बिजयमान थापाको अध्यक्षतामा आयोजना गरिएको थियो भने राखेप कर्मचारी संघका अध्यक्ष थापा, कार्यालय प्रमुख भुजेल, सम्मानित परियार, टेबुलटेनिस संघका अध्यक्ष मनोहर पोखरेल र प्रशिक्षक उमेश गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न खेलका प्रशिक्षक, कर्मचारी, खेलाडीहरूको उपस्थिती रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page