राजनीति

सप्तरीको राजगढ गाउँपालिकामा एमालेको कार्यकर्ता भेला सम्पन्न

डम्बर राई /
कञ्चनरुप (सप्तरी), साउन २६ गते ।
सप्तरीको राजगढ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अगुवा पार्टी कार्यकर्ता भेला सम्पन्न गरेको छ । सोमवार आयोजित भेला कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य मो. अब्दुल मजिज साकिरले नेकपा एमाले पार्टी विकल्प यो मुलुकमा नरहेको दावी गर्नुभयो ।
जनमतबाट बहुमत आएको पार्टीका सरकारलाई सर्वोच्चको परमादेशले खारेज गर्यो तर जनताको विचार र चाहनाबाट हटेको छैन नेता साकिरले भन्नुभयो, ९० प्रतिशत गरीव , किसान वसोवास गर्ने यो देश कम्युनिष्टमय देश हो र कम्युनिष्ट पार्टी मध्येका पनि एमाले नै हो । प्रमुख अतिथीको आसनबाट उहाँले कार्यकर्ताहरुलाई विचलित नभई, अहिलेको खेमाबद्घ भ्रममा नपरी ढुक्कसंग बस्न आग्रह समेत गर्नुभयो ।

यसैगरी कार्यक्रमको विशिष्ठ अतिथी सप्तरी पार्टी सचिव देवनाथ यादवले पार्टी भित्र सानोतिनो आन्तरीक कलह हुन्छ, विवाद पनि सिर्जना हुन्छ तर विस्तारै हल पनि हुन्छ यसमा हामी कार्यकर्ताले विचलित हुने अवस्था छैन नेकपा –एमालेको नाममा भ्रम सिर्जना गरेर अध्यक्ष केपी ओली बाहेकको अर्काे एमाले भनेर हिड्ने पार्टी भडुवा हुन् सतर्कता अपनाउँन सुझाव दिनुभयो ।
पार्टी जिल्ला कमिटी सदस्य ओम प्रकाश मण्डलको अध्यक्षतामा बसेको भेलामा दर्जन बढी स्थानिय नेता तथा कार्यकर्ताले आ—आफ्ना धारणा व्यक्त गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page