कोशी प्रदेश समाचार

लेटाङबाट प्रतिबिन्धित औषधी सहित एक युवक पक्राउ

मोरङ, श्रावण २६ गते । मोरङको लेटाङबाट प्रतिबिन्धित औषधी सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा लेटाङ नगरपालिका ८ का २४ वर्षीय पदम बहादुर राई रहेका छन् ।
लेटाङ नगरपालिका ९ बुढौली चौक स्थितबाट सोमवार अस्थाई प्रहरी चौकी जातेबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेट सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page