स्वास्थ्य

सप्तरीमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु , मृत्यु हुनेको संख्या १ सय ५२ पुग्यो

कञ्चनरुप । सप्तरीमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।
मृत्यु हुनेमा सुरुंगा नगरपालिका वडा नम्बर २ की ५८ वर्षीया महिला र बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ बस्ने ६० वर्षीय पुरुष रहेका छन् ।
महिलामा साउन २५ गते कोरोना संक्रमण देखिएको थियो । होम आइसोलेसनमा बसिरहेकी महिलाको आज आइतबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै बिष्णुपुरका पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । उनी बिरामी भएर उपचारका लागि धरान गएका थिए र उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page