समाज

हनुमाननगर क्षेत्रवाट अबैध ८५ कार्टुन स्याउ सहित एक जना पक्राउ

कञ्चनरुप । सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रवाट अबैध स्याउ सहित एक जना तस्करलाई पक्राउ गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १२ स्थित दुई वटा ठेलामा सामान लोड गरी लादै गरेको अवस्थामा प्रहरी टोलीले ८५ कार्टुन स्याउसहित सोही ठाउँका ४० वर्षीय शिवम पण्डितलाई पक्राउ गरेको हो ।
ठेलामा २५ कार्टुन अबैध स्याउ र ठेला समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
सोही वडाका मनोज मुखियाको गोठबाट लिई आएको वताएकोले सो स्थानमा खानतलासी गर्दा ६० कार्टुन स्याउ समेत बरामद गरीएको प्रहरीले जनाएका छ ।
झण्डै ८५ कार्टुन स्याउ तथा स्याउ लोड गरी लादै गरेको २ थान ठेला समेत गरी तिन लाख पैतालिस हजार मुल्याङकन गरी आवश्यक कार्वाहीको लागी राजबिराज भन्सार कार्यालय तिलाठी पठाएको सप्तरी प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page