समाचार

दुखद खबर: नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमिरेको निधन

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको आज मृत्यु भएको छ। अस्पतालका अनुसार उनको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो।
अस्पतालद्वारा जारी विज्ञप्तिमा सबै प्रयासका बाबजुद पनि निशा को ज्यान जोगिन नसकेको उल्लेख छ। ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतमा सडक दुर्घटनामा परेर घाइते भएकी निशा लामो समयदेखि घरमै थला परेको अवस्थामा अस्पतालले गत जेठ २७ गते उद्धार गरेको थियो ।
हिजो मात्रै पत्रकार सम्मेलन गरी अस्पतालले उनको स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेको जानकारी दिएका थियो ।
उनले मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ सँगै केही म्यूजिक भिडियो र टेलिसिरियलमा अभिनय गरेकी छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page