शिक्षा

सप्तरीमा कोभिडको जोखिम कायमै रहेकोले तत्कालै विद्यालय खोल्ने अवस्था नरहेको -प्रजिअ आचार्य

कञ्चनरुप (सप्तरी) । सप्तरी जिल्लामा कोभिड -१९ को जोखिम कायमै रहेकोले तत्कालै विद्यालय खोल्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभएको छ ।
आउँदो दिनमा कोभिडको जोखिम अझ बढ्न सक्ने भन्दै जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गर्दै सम्पूर्ण स्थानिय तहलाई विद्यालय नखोल्न आग्रह गर्दै पत्राचार समेत गरेको प्रजिअ आचार्यले बताउनु भयो ।
प्रजिअ आचार्यले स्थानिय सरकार ऐन अन्तरगत विद्यालय सञ्चालन गर्ने निर्णय स्थानिय तहलाई रहेको जानकारी दिँदै यदी विद्यालय सञ्चालन भएमा सम्पूर्ण जोखिमको जवाफदेहिता स्थानिय तह तथा सम्बन्धित विद्यालयकै हुने बताउनुभयो ।
यता निजी विद्यालयहरुको छाता संगठन प्याब्सन, नेशनल प्याब्सन र नेपाल प्याब्सन सप्तरीले कोभिड १९ ले लामो समयदेखी बन्द रहेका सप्तरीका नीजि विद्यालयहरु भदौं १६ गते बुधबार देखी सञ्चालन गर्ने निर्णय गरेका छन् ।
आइतबार संयुक्त विज्ञप्ति जारि गर्दै कोभिड १९ को संक्रमण दर प्रदेश २ मा ५ प्रतिशत भन्दा कम तथा सप्तरीमा लगभग शुन्य प्रतिशतमा रहेको दाबी गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ ।
बाल वालिकाको शैक्षिक, शारीरिक,मानसिक तथा समाजिक विकासलाई ध्यानमा राखि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन
बाहेक अन्य विकल्प नरहेको र यस्तो परिस्थितीमा स्वास्थ्य मापदण्ड (मास्क,समाजिक दुरी एवं सेनिटाइजेशन) कडाई साथ पालन गर्ने जनाइएको छ ।
विज्ञप्तीमा भनिएको छ -अनुकुल समय (विहान र दिउँसो सिफट वाइज) मा दैनिक कक्षा सञ्चालन गर्न गराउन हामी सम्पुर्ण आबद्ध विद्यालयहरुलाई यस प्रेस विज्ञप्ती मार्फ जानकारी गराउन चाहान्छौँ । विद्यालय संचालनको लागि प्रत्यक्ष वा परोक्ष रुपमा वातावरण बनाउन तथा सहमति दिन जिल्लाका सबै पालिका, मेयर, प्रहरी तथा जिल्ला प्रशासन, पत्रकार वर्ग तथा अन्य सरोकारवाला प्रति अभार समेत प्रकट गरेको छ ।


   

Add Comment

Click here to post a comment

You cannot copy content of this page