शिक्षा

राजविराजमा आइतबारबाट स्वास्थ्य मापदण्ड पालन गरी भौतिक रुपमै विद्यालय सञ्चालन हुने

कञ्चनरुप , १८ भदौ । सप्तरीको राजविराज नगरपालिकाले स्वास्थ्य मापदण्ड पालन गरी भौतिक रुपमा सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबारबाट कक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
आज शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भदौ २० गते आइतबारबाट भौतिक रुपमै विद्यार्थीको उपस्थिति गराई कक्षा सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्र प्रसाद यादवले बताउनुभएको छ ।
विद्यालयमा अनिवार्य तापक्रम परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर अनिवार्य राख्नुपर्ने बताइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page