शिक्षा

सप्तरीको कञ्चनरुपमा आइतबारबाट कक्षा ६ देखि १२ सम्म विद्यालय सञ्चालन गरिने

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , १८ भदौ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वास्थ्य मापदण्ड पालनगरी सामुदायिक तथा संस्थागत विद्यालयहरु आइतबारदेखि कक्षा ६ देखि १२ कक्षा सम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
नगरपालिकाले आज (शुक्रबार) एक सूचना जारी गर्दै बिहीवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति सप्तरीको बैठकको निर्णय अनुसार आज बसेको नगर शिक्षा समितिको निर्णय अनुसार कञ्चनरुप नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भदौ २० गते आइतबारदेखि कक्षा ६ देखि १२ कक्षा सम्म सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
नेपाल सरकारबाट जारी स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ र सिसिएमसीबाट स्वीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वपनसम्बन्धी कार्ययोजना तथा शिक्षण सिकाइ सहजीकरण निर्देशिका ०७७ अनुसार विद्यालयका खोल्ने निर्णय भएको नगर प्रमुख मिश्रले बताउनुभयो ।
स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी कोभिड जोखिम नियन्त्रणका साथै शैक्षिक क्षति न्युनिकरण गर्नका लागि विद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सामग्री लगाउने र सामग्री व्यवस्थाको पूर्ण तयारीका साथ विद्यालय तथा कलेजहरु सञ्चालन गर्न शिक्षा शाखाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई अनुरोध समेत गरेको शिक्षा शाखाका ललितनारायण यादवले बताउनुभयो ।
विद्यालयमा अनिवार्य तापक्रम परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर अनिवार्य राख्नुपर्ने बताइएको ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page