शिक्षा

कञ्चनरुपका प्रत्येक विद्यालयमा गुनासो सुनुवाई प्रक्रिया लागु गरिने

डम्बर राई /
कञ्चनरुप , भदौ २१ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका मातहातका विद्यालयहरुमा गुनासो सुनुवाइ प्रक्रिया लागु गर्ने भएका छन् ।
सोमवार शिक्षा शाखाको आयोजनामा सम्पन्न गुनासो सुनुवाइको अभिमुखिकरण कार्यक्रममा विद्यालयमा हुने वालिका हिंसा, अन्याय र समस्याको जानकारी थाहा पाउन सुनुवाइ प्रक्रिया लागु गर्ने भएको हो ।
सुझाव पेटिका राखेर वालवालिकाको समस्या थाहा पाउन सकिने भएकोले अब प्रत्येक विद्यालयमा सुझाव पेटिका अनिवार्य राख्नुपर्ने र यसबाट वालवालिकालाई पुग्ने सुविधा वारे एजुकेशनल पेजेज का प्रोग्राम अफिसर राजेन्द्र उप्रेतीले सहजीकरण गर्नुभएको थियो ।
गुनासो सुन्ने प्रक्रिया अपनाउँदा वाल संरक्षण र लैङ्गिक हिंसासंग सम्बन्धित, शिक्षण सिकाइसंग सम्बन्धित, पूर्वाधारसंग सम्बन्धित र विद्यालय सुशासन पारदर्शिता र जवाफदेहीतामा फाइदा पुग्ने तथा विद्यार्थीलाई सन्देश र गुनासो सुन्ने शिक्षकको चयन गर्नुपर्ने यस कार्यक्रममा पर्दछ ।
विद्यालयमा छात्राहरुलाई हिंसात्मक कार्य हुनेगरेको, शिक्षकद्वारा विद्यार्थी विद्यार्थी बीचमा पनि गलत सम्बन्ध हुने गरेको तर केहि यस्ता घटनाहरु सार्वजनिक गर्न नसकिरहेको पनि हुनसक्ने भएकोले यो प्रक्रियाले गुनासोलाई वाहिर ल्याउँने उप्रेतीले पाठ गराउँनुभयो । यसका लागि वालिका शिक्षा तथा समावेशी सञ्जाल समेत गठन गरेका छन् । नगर प्रमुख र नगर उप प्रमुख क्रमशः संयोजक, सह संयोजक रहेको ११ सदस्य सञ्जाल गठन गरेका छन् ।
सदस्यमा स्वास्थ्य शाखाबाट स्वास्थ्य अधिकृत रामसेवक यादव, शिक्षकबाट महेन्द्र जनता माविका प्रधानाध्यापक मो. सलिम मियाँ, सदस्य सचिवमा नगर शिक्षा अधिकृत प्रेम कुमार चौधरी, विद्यालय व्यवस्थापन समितिबाट मनाइ महत्तो, नेपाल प्रहरीबाट इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सीना, फोकल शिक्षकमा सर्वोदय मावि कंचनपुरका शिक्षिका सरीता पौडेल छन् भने पछि एकजना थप गरिने छ ।
विधिवतरुपमा सञ्जालले कार्ययोजना बमोजिम काम गर्नेछ भने प्रति दुई महिनामा नियमित बैठक बस्नेछ ।
सो अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख बसन्त कुमार मिश्रले विद्यार्थीलाई उच्च क्षमतावान बनाउँन गुणस्तर शिक्षा हुनुपर्ने बताउँनुभयो । उहाँले भन्नुभयो हामीले सक्ने र हुने कामको मात्र निणर््ाय गर्छाै, जुन कामका लागि निर्णय गर्छाै त्यो पूरा गरेर छाड्छौं । शिक्षा र स्वास्थ्यलाई यो नगरपालिकामा पहिलो स्थान दिइएको र हामीले यस क्षेत्रमा धेरै काम गरेका पनि छौ भन्दै उहाँले कोभिडको कारणबाट विद्यालय बन्द रहिरहनाले विद्यार्थीहरुको पढाइमा प्रतिकुल असर पर्न गएकोमा दुख व्यक्त गर्नुभयो ।
यस्तै नगर उप प्रमुख निरु पोखरेलले नगरपालिकाले शिक्षा क्षेत्रमा गर्न लागेका र सोचेका प्रक्रियालाई यस कार्यक्रमले थप सहयोग पुगेको बताउँनुभयो । सिकेका कुराहरुलाई व्यवहारमा उतारेर लैजान शिक्षकहरुलाई सुझाव दिनुहुदै उहाँले भन्नुभयो, विद्यालयमा हिंसा, अन्याय, अत्याचार नहोस् यस्ता घटना विद्यालयमा हुन्छ भने यसको सबै जिम्मेवार शिक्षक नै हुनेछ । यो कार्यक्रम लागु गरेर विधार्थीहरुको विचार , भावनामा उर्जा थप्न सकिनेमा पोखरेलले धारणा राख्नुभयो ।
कार्यक्रमलाई शिक्षा शाखाका अधिकृत प्रेम कुमार चौधरी र दिलिप यादवको सहयोग रहेका थिए ।

   

1 Comment

Click here to post a comment

  • विघालय व्यवस्थापन समिति त कतै बनाउन सकेको छैन ! अनि पहिलो प्राथमिकता … .

You cannot copy content of this page