राजनीति

वर्तमान संयुक्त गठबन्धन सरकार धेरै दिन टिक्दैन : नेता गुरु बराल

बृजमान तामाङ /
बिरेन्द्र बजार , २७ भदौ ।
नेकपा एमालेका केन्द्रिय सदस्य गुरु बरालले बर्तमन शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकार धेरै दिन नटिक्ने दाबी गरेका छ्न ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा शनिबार आयोजित नेकपा एमालेको प्रथम गाउँपालिकाअधिबेशन उद्वघाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
नेकपा एमाले अग्नीसाईर कृष्णासवरन गाउँपालिकाद्वारा आयोजित गाउँपालिका स्तरीय अधिबेशनको उद्वाटन समारोहलाई सम्बोधन गर्दै नेता बराले बर्तमान संयुक्त गठबन्धनको सरकार छिटै ढल्ने दाबी गरे । प्रधानमन्त्री देउवा नेतृत्वको सरकार अपबित्र गठबन्धनबाट बनेको सरकार हो, नेता बरालले भने, यो संयुक्त गठबन्धन धेरै दिन टिक्नेवाला छैन।

उनले सरकार गठन भएको दुईमहिना पुग्दा समेत सरकार बिस्तार गर्न नसक्नु गठबन्धन सरकारको अशुभ संकेत भएको बताए । सरकार बिस्तार नहुदा गठबन्धन भित्र ठूलो असन्तुष्टि छ भन्ने प्रमाणित भएकोले संयुक्त गठबन्धन लामो समय नटिक्ने उनको दाबी थियो । बरालले हाल चर्चामा रहेको एमसिसी एमालेको प्रथामिकतामा नपर्ने बताए ।
कहि नभएको जात्रा अन्तरास्ट्रिय सहयोगलाई हाउसले पास गर्नुपर्ने नेता बरालले भने, राष्ट्रघाती बिदेशी सहयोग हामीलाई चाहिदैन । अहिले सम्म डब्लुएचओ, भारत, चीन, जापान लगायतका देशहरुले गर्ने सहयोग तथा अनुदान निसर्त आएको नेता बरालले बताए ।
एमालेको सरकारले मात्र सर्वहारा, सुकुम्बासी, गरिव जनताको समस्या सामाधन गर्ने उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि नेता बरालले, सामाजिक रुपान्तरण गर्दै उत्पीडित बर्ग समुदायको हक अधिकार सुनिश्चितताको निम्ति एमालेको तिनै तहमा सरकार ल्याउन संगठन निर्माणमा लाग्न नेताकार्यकर्तालाई आग्रह गरे ।

नेकपा एमाले जिल्ला समिती सदस्य बोधराज सुबेदीको अध्यक्षतामा आयोजित अधिबेशन उद्वाटन समारोहलाई नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य मनाई महतो, अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ की वडा अध्यक्ष कुसुम आचार्य, नेपाल निजामती कर्मचारी संगठन सप्तरीका अध्यक्ष राम नारायण महतो लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टी संगठन निर्माणमा जोड दिए ।
राष्ट्रिय प्राबि तिलेवनाका प्रधानाध्यापक बिन्तिलाल चौधरी र पर्बिण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल शिक्षक संगठन सप्तरीका अध्यक्ष चन्द्रदेव चौधरीले गरेका थिए भने राजनैतिक प्रतिबेदन एमाले जिल्ला समिति सदस्य वीर बहादुर मगरले प्रस्तुत गरे ।
सो समारोहमा विभिन्न पार्टी परित्याग गरि २ दर्जन भन्दा बढी एमाले प्रदेश गरेका थिए । नव प्रबेशीहरुलाई नेता बरालले अबिर माला लगाएर स्वागत गरेका छ्न ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page