समाचार

आज थप १ हजार ४ सय ८६ जना कोरोना सङ्क्रमण पुष्टि , १६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप १ हजार ४ सय ८६ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ३२ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार १ सय ४९ जना तथा ४ हजार ७ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ३७ जना गरी जम्मा १ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप १ हजार २ सय ६० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
त्यस्तै, आज कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
देशभर २६ हजार ६ सय ३० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page