समाचार

सुनसरीबाट लागुऔषधीसहित एक सप्तरीका र दुई भारतीय गरी तीन जना युवक पक्राउ

सप्तरी, भाद्र २८ गते । सुनसरी प्रहरीले लागूऔषध सहित तीन जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ७ का २१ वर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ वर्षीय अवधेष कुमार मण्डल र २५ वर्षीय रोशन मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आइतबार सुनसरीको कोशी गाउँपालिका ८ कोशीकटानबाट लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट लागूऔषध डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय नगद रु २० हजार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका तीनैजना उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी वढाईएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page