समाचार

कञ्चनरुपमा भव्यताका साथ ५७ औं राष्ट्रिय बालदिवस मनाइयो

डम्बर, उत्तम आचार्य /
कञ्चनरुप ,भदौ २९ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा मंगलबार ५७ औं राष्ट्रिय वालदिवस कार्यक्रम भव्यताका साथ मनाइएको छ ।
सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी वडा बाल सञ्जाल सदस्यहरु माझ नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता गरी बाल दिवस मनाइएको हो ।
आयोजित कार्यक्रममा १२ जना प्रत्यक्षरुपमा सहभागीहरु मध्ये वडा नम्वर १२ की अनुदा खातुन प्रथम भएकी छन् भने द्वीतिय, तृतियमा क्रमशः वडा नम्बर ८ का भाइ साहिल सिंह र वडा १२ का नितान्त दाहाल छन् । यसैगरी वडा ८ की रुची साह र वडा ५ का भाइ रञ्जित चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

पशुपंक्षी विकास शाखाका प्रमुख डा. दिवाकान्त चौधरीको संयोजकत्व रहेको तीन सदस्य मुल्याङ्कन समितीले छनौट गरेको हो । सो समितीको सदस्यमा सामाजिक विकास शाखाका अधिकृत शुसिला चौधरी र शिक्षिका पुनम मिश्र हुनुहुन्थ्यो ।
वक्तृत्वकला प्रतियोगितामा सबै वडाबाट गरी १८ जनाले नाम दर्ता गराएपनि कार्यक्रममा वडा ३ का देवप्रकाश ठाकुर, वडा ४ की हिमानी चौधरी, वडा ५ का रञ्जित चौधरी, वडा ७ का पृथ्वी नारायण ठाकुर, रीमा चौधरी, वडा ८ का साहिल सिंह, रुची साह, वडा ९ का भुपेन्द्र सरदार, वडा १० का रुपकान्त यादव, वडा ११ का हरी साह र वडा १२ की अनुदा खातुन भाइ नितान्त दाहालले वक्तृत्वकला प्रस्तुत गरेका थिए ।

कञ्चनरुप नगरपालिका महिला तथा बालवालिका शाखाद्वारा नगर सभाहलमा आयोजित सो दिवस समारोहमा सहभागी बालबालिकाले गीत, नृत्य एवं बालश्रमबाट बालबालिकालाई मुक्त गर्न समाजमा के कस्तो भुमिका अपनाउँन सकिन्छ भन्ने लगायतका नाटक प्रस्तुत गरेका थिए ।
आयोजित कार्यक्रमलाई उदघाटन गर्नुहुदै नगर प्रमुख बसन्त कुमार मिश्रले नगर स्तरिय बालबालिकालाई शिक्षा, विभिन्न कला तथा सिप विकासका लागि आफुले केहि लक्ष राखेको बताउँनु भयो । उहाँले भन्नुभयो अब गीत, नृत्य प्रतियोगिता लगायत विभिन्न प्रतियोगिता कार्यक्रम गरेर युवा तथा बाल सञ्जाललाई प्रोत्साहन गरिने छ ।

यसैगरी नगर उप प्रमुख निरु पोखरेलले बालबालिकाहरुले यो उमेर देखि नै आचारण शैली, असल व्यवहार, बोलचाललाई सुधारेर लैजानुपर्छ भन्दै बालबालिकाहरुलाई सुझाव दिनुभयो । बालबालिकाहरुको अधिकारलाई पूर्णरुपमा उपलब्ध गराउँन नगरपालिकाले बालश्रम मुक्त घोषणा गरेको जानकारी दिनुहुदै भन्नुभयो, १४ देखि माथी १८ बर्षसम्मका बालबालिकाहरुले धेरै कुराहरु बुझन सक्ने भएकाले आफु सचेत हुदै नगरका सबै बालबालिकाहरुका निम्ति पनि ध्यान पुर्‍याउँनु पर्दछ ।

प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का, सामाजिक विकास शाखाकी अधिकृत शुसीला चौधरीले बाल दिवसको महत्ववारे प्रकाश पार्नुहुदै भदौ ४ गते मनाउँदै आएको राष्ट्रिय बालदिवसलाई सन १९९० को सेप्टेम्वर १४ मा अनुमोदन गरी भदौ २९ गते सारीएको व्याख्या गर्नुभयो । तत्कालिन मुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको जन्मोत्सवको उपलक्ष्यमा भदौ ४ गते बालदिवस मनाइन्थ्यो त्यसैलाई परिमार्जित गरेर २९ गते यो दिवस मनाउँन थालिएको उहाँहरुले बताउँनु भयो ।

यस्तै सो कार्यक्रममा नगरपालिका प्रेस सल्लाहकार उत्तम प्रसाद आचार्य, शिक्षा शाखा अधिकृत प्रेम कुमार चौधरी, ललित नारायण यादव, शिक्षिका पुनम मिश्रले बालबालिकाहरुलाई सन्देशमुलक धारणा व्यक्त गर्नुभएको थियो ।
नगर बाल सञ्जालका अध्यक्ष सरोज सरदारको अध्यक्षतामा आयोजित बालदिवस समारोहमा सामाजिक विकास शाखाकी कार्यक्रम अधिकृत भावना घिमिरे, बाल सञ्जाल सहजकर्ता रनज्योती चौधरीले सहयोग पुर्‍याउँनु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page