समाचार

राजविराज कारागारका ६ कैदीबन्दीले पाए सजाय मिनाहा

कञ्चनरुप (सप्तरी) राजविराज कारागारमा रहेका १ महिला सहित ६ जना कैदीबन्दिहरुको सजाय मिनाहा भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधान दिवसको अवसर पारी आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५ सय २३ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकोमा राजविराज कारागारका ६ जना कैदीको सजाय मिनाहा भएको राजविराज कारागारले जनाएको छ ।
राजविराज कारागारबाट बाँकी सजाय मिनाहा भएर रिहा भएका कैदीबन्दीहरुमा कर्तब्य ज्यान मुद्दाका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकी निरपती मिश्रा, ज्यान मार्ने उधोग मुद्दाका राजविराज नगरपालिका निवासी शुभकरण खंग, महेश खंग, सवारी ज्यान मुद्दाका शम्भुनाथ नगरपालिकाका राजेन्द्र कुमार मण्डल र डाँका मुद्दाका खडक नगरपालिकाका शिव कुमार राम रहेका छन् ।
यस्तै सवारी अंगभंग मुद्दाका पाचथर जिल्ला निवासी सगुन लिम्बु पनि रिहा भएका छन् ।
जेलमा बस्दा राम्रो आचरण भएकाहरूलाई सजायमा छुट दिने सरकारको नियमानुसार उनीहरूकाे बाँकी कैद मिनाहा भएकाे हाे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page