राजनीति

दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछ भनेर पत्याउन सकिन्नः शंकर पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछ बनेर विश्वास गर्न नसकिने बताउनुभएको छ ।
आफैले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछु भन्दैमा पत्याउन नसकिने उहाँले बताउनुभएको हो ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले देश बनाउँछु भनेर पत्याउनेलाई केही भन्न नसक्ने बताउनुभयो । उहाँले लेख्नुभएको छ, ‘आफैले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्रि बनाउन नसक्नेले देश वनाउछ भनेर विश्वास गर्ने र त्यसलाई पत्याएर पछि लाग्नेहरुलाई के भन्ने र खै ?’
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिनासम्म मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन । साभार : Imagekhabar

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page