शिक्षा

रुपनगर नन्दराज संग्रौला क्याम्पसको अध्यक्षमा गिरिराज संग्रौला चयन

उत्तम आचार्य /
कञ्चनरुप , ३० भदौ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर स्थित रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसमा बुधवार बसेको भेलाले साधारण सभा गठन, सञ्चालक समिति गठनका साथै संशोधित विधान सर्वसम्मत रुपमा पारित गरेको छ ।
सो भेलाले गिरिराज संग्रौलाको अध्यक्षतामा ११ सदस्यिय क्याम्पस सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
सदस्यहरुमा देवी बहादुर खत्री, घनानन्द साह, राजकुमार साह, हेम प्रसाद अधिकारी , डम्बर नारायण साह, प्रमोद कुमार मण्डल, सरस्वती निरौला, त्रिभुवन विश्व विद्यालयबाट मनोनित प्रतिनिधि, सदस्य सचिवमा क्याम्पस प्रमुख दिगम्बर लाल साह रहेका छन् भने उपाध्यक्षमा पछि मनोनित गर्ने जनाइएको छ ।
त्यसैगरी क्याम्पसको शैक्षिक, आर्थिक , भौतिक प्रगतिको लागि विधानको परिच्छेद २ मा व्यवस्था भए बमोजिम डा. बलभद्र दासको अध्यक्षतामा २५ सदस्यिय क्याम्पसको साधारण सभा समेत गर्न सर्वसम्मत रुपमा गठन गरेको छ । सोही भेलाबाट क्याम्पसको संशोधित विधान समेत सर्वसम्मत रुपमा पारित गरेको छ ।

क्याम्पस प्रमुख दिगम्बर लाल साहले क्याम्पसमा अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी गराएका थिए । गुणस्तरीय शिक्षा, नयाँ प्रविधिबाट कक्षा सञ्चालन अनुशासित वातावरण, अरु फ्याकेल्टिको विषयमा अध्यापन गराउन पहल भइरहेको समेत साहले भेलामा जानकारी गराएका थिए ।
वडा नम्बर ८ र १२ का वडा अध्यक्षद्वय राजकुमार साह, देवी बहादुर खत्री, समाजसेवीद्वय अमर श्रेष्ठ, रामप्रसाद खतिवडा, हेमप्रसाद अधिकारी लगायतका बुद्धिजीविहरुले क्याम्पसको गुणस्तर बृद्धि गरी क्याम्पसलाई नमुना बनाउनु पर्नेमा जोड दिएका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page