राजनीति

संविधान दिवसको अवसरमा नेकपा एमालेद्वारा प्रशिक्षण कार्यक्रम

डम्बर राई /
कञ्चनरुप (सप्तरी), असोज ३ गते ।
नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) सप्तरीले संविधान दिवसको अवसरमा हनुमाननगर कंकालिनी र कञ्चनरुप नगरपालिकामा पार्टीको जिल्लास्तरका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ ।
राष्ट्रिय सभा संसदीय दलका नेता तथा प्रदेश २ का सह इन्चार्ज र सप्तरीका इन्चार्ज सुमनराज प्याकुरेलले भारदहमा र रुपनगर स्थित निज निवासमा पार्टीको बर्तमान गतिविधिबारे जानकारीसंगै प्रशिक्षण दिनुभएको हो ।

हनुमाननगर कंकालिनी नगर कमिटीका संयोजक देवनाथ यादव र कञ्चनरुप नगर कमिटीका संयोजक बच्चुलाल चौधरीको संयोजकत्वमा तथा जिल्ला सचिव देवनाथ यादवको बिशिष्ठ आतिथ्यमा छुट्टाछुट्टै स्थानमा नेता प्याकुरेलले प्रशिक्षण दिनुभएको जिल्ला सचिव यादवले जानकारी गराउँनुभयो ।
आयोजित कार्यक्रममा सम्बन्धित नगरबाट जिम्मेवार पाएका प्रदेश, जिल्ला र नगर स्तरका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page