समाचार

कञ्चनरुप नगरपालिकामा विपद पोर्टल कार्यक्रमको उदघाटन

उत्तम आचार्य /
कञ्चनरुप , १३ असोज ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले बुधवार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी विपद पोर्टल कार्यक्रमको उदघाटन गरेको छ ।
नगर प्रमुख बसन्त कुमार मिश्रले कञ्चनरुप नगरपालिकाको सव डोमेन र पास वर्ड प्रविष्टगरी विपद पोर्टलको उदघाटन गर्नुभएको थियो ।
विपद पोर्टल फेलोकी सहजकर्ता सरिता तामाङले विपद पोर्टलको प्राविधिक पुस्तिका नगर प्रमुख मिश्रलाई हस्तान्तरण गरेको र विपद पोर्टलको डोमेन bipadportal.gov.np मा गई विपद सम्बन्धि सूचना सम्पूर्ण आम जनताले हेर्न सकिने , डाटा डाउनलोड गर्न सकिने कुराको जानकारी गराउनु भएको थियो ।

विपद पोर्टल कार्यक्रमका संयोजक श्रवण कुमार चौधरीले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उप प्रमुख निरु पोखरेल, प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, प्रशासन शाखाका राजेश कुमार यादव, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, वडा नम्बर ६ का वडा अध्यक्ष मो. जिवरील, कोशी पिडित समाजका निर्देशक देवनारायण यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो भने नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page