समाचार

नेपाल निजामती कर्मचारी संगठन सप्तरीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझायो

राजविराज , १० असोज । नेपाल निजामती कर्मचारी संगठन सप्तरीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
संगठनको असोज २ गते कार्की ब्यैङ्क्वेटमा भएको विवाद र आम निजामती कर्मचारीहरुको मागलाई सम्बोधन गर्न ज्ञापन पत्रमा भनिएको छ ।
प्रतिनिधि सभाले समयमै कानून बनाउन नसक्दा निजामती कर्मचारीहरुको समायोजन समेत रोकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्रशासनले संगठनका सदस्यहरुलाई कार्यालयमै धर पकड गरेको विषयमा समेत संगठनले त्यस्तो निन्दनीय कार्यको भत्सर्ना गरेको छ ।
संगठनले आफ्नो कार्यालयमा लगाएको ताला तत्काल खोल्ने व्यवस्था मिलाउन र संगठनको दशौं राष्ट्रिय अधिवेशनको वातावरण बनाउन सरकारसँग माग समेत गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page