राजनीति

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा राजविराजमा जसपाको प्रदर्शन

राजविराज । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले शनिबार साँझ सप्तरीको राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।
जसपाको प्रदेश समितिको निर्देशनमा राजविराजमा मसाल जुलुस निकालिएको हो ।
कोणसभाका वक्ताहरुले अख्तियारले छानबिनको नाममा जबरजस्ती गर्न खोजेको आरोप लगाए ।
‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रम अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा भ्रष्टाचार भएको आशंकामा अख्तियारको टोलीले चारदिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा छापामारी गरी कागजात नियन्त्रणमा लिएको थियो ।
शनिबार प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस भएको र आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page