समाचार

कञ्चनरुपमा पूर्व प्रहरी संगठनद्वारा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना

डम्बर राई /
कञ्चनरुप ,असोज १६ गते ।
नेपाल पूर्व प्रहरी संगठन कञ्चनरुप सप्तरीले विजयादशमी, दिपावली, छठ र वकरीद पर्वको शुभउपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार वडा ९ स्थित फुलवारी पार्टी प्यालेस रुपनगरमा आयोजित कार्यक्रममा नेपाल पूर्व प्रहरीका सहभागीहरुले कोेभिडको कारण दुई बर्षले महान पर्व मनाउँन नसकिएकोमा दुख व्यक्त गर्दै यस बर्ष केहि सहज भएको बताएका छन् ।

नेपाल पूर्व प्रहरी संगठन कञ्चनरुपका अध्यक्ष तथा पूर्व सही जीत बहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उप प्रमुख नीरु पोखरेलले कार्यक्रमलाई विशेष धन्यवाद दिनुहुदै भन्नुभयो, पूर्व प्रहरीहरु संगठित भएर जुन किसिमले काम गर्दै हुनुहुन्छ त्यो सह्रायिन रुपमा काम भएको छ । प्रमुख अतिथीको आसनबाट उहाँले यो संगठनले समाजमा हीतहुने काम गर्न प्रेरित हुन आग्रह गनुैहुँदै किनकी हिजो पनि प्रहरीले देश र जनताका हीतमा काम गर्याे र वर्तमान, भविष्यमा पनि गरीरहोस् भन्नुभयो ।

यस्तै इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिना, संगठनका जिल्ला अध्यक्ष शिव नारायण सिंह, पूर्व प्रहरी निरिक्षक बम बहादुर श्रेष्ठ, पूर्व सही पदम बहादुर राना मगर, वडा नं. १२ का वडाध्यक्ष देवी बहादुर खत्री लगायतले मन्तव्य दिनुभएको थियो भने संगठनका सचिव अमर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page