राजनीति

सप्तरीमा एमाले प्रवेशको जनलहर ,वडा अधिवेशनमा सयौं कार्यकर्ता पार्टी प्रवेश

राजविराज, २२ असोज । सप्तरीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेशको जनलहर छाएको छ । डाक्नेश्वरी नगरपालिकाको वडा अधिवेशनमा विभिन्न पार्टी परित्याग गरि सयौं कार्यकर्ता एमाले प्रवेश गरेका छ्न्।
आज शुक्रवार सो नगरपालिकाको गम्हरिया प्रभाह स्थित वडा नम्बर ८ को वडा अधिवेशन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा कांग्रेस ,माओवादी र मधेस केन्द्रित पार्टी परित्याग गरि दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश गरेको जिल्ला कमिटी सदस्य राजदेव मण्डलले जानकारी गराएका छ्न।

कार्यक्रम वडा अध्यक्ष प्रत्याशी तथा नगर कमिटी सदस्य सिताराम पंडितले सञ्चालन तथा अखिल नेपाल किसान महासंघको केन्द्रिय सदस्य कुलानन्द चौधरीको अध्यक्षतामा भएको थियो ।
यसैगरी जिल्ला कमिटी संयोजक ताराकान्त चौधरीको प्रमुख आतिथ्यता र उपाध्यक्ष अब्दुल मजिद साकिर,जिल्ला कमिटी सचीव देवनाथ यादवको विशिस्ट आतिथ्यता सभा सम्पन्न भएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page