राजनीति

सप्तरीको पोर्ताहामा बद्री नारायणको अध्यक्षतामा नेकपा एमालेको वडा कमिटी गठन

भूपदेव माली –
राजविराज, २३ असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहामा नेकपा एमालेको वडा कमिटी गठन गरिएको छ ।
देवनाथ यादवको अध्यक्षतामा आयोजित वडा स्तरीय भेलाद्वारा ११ सदस्यीय शनिवार वडा कमिटी गठन भएको हो ।
आयोजित भेलामा २ नम्बर प्रदेश कमिटीका सदस्य शैलेन्द्र चन्द्र झा (बुधन), प्रदेश सदस्य आसरा देवी चौधरी, जिल्ला सदस्य शोभितलाल यादव, जिल्ला सदस्य जय प्रकाश गोईत ,कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र, नगर संयोजक देवनाथ यादव सहितको उपस्थिती रहेको थियो ।

गठित समितिको अध्यक्ष पदमा बद्री नारायण खिडहरी यादव, उपाध्यक्ष अशोक कुमार गोठिया, सचिव बसन्ती बस्नेत यादव, सदस्यहरुमा सुरज मण्डल, चन्दर सदा, रंजित राय, भोगी सदा समेत गरी १५ सदस्यीय समिति गठन गरिएको छ ।
आयोजित भेलामा एमालेले आउँदो कार्तिक ५ गते भित्र नै नगरको प्रत्येक वडाहरुमा वडा समिति बनाउने प्रदेश कमिटि सदस्य शैलेन्द्र चन्द्र झाले चर्चा गर्नु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page