राजनीति

आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले शपथ लिएको तीन दिनमै दिए राजीनामा

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन ।
विभिन्न सञ्चार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाए पछि हमालले आज आइतबार पदबाट राजीनामा दिएका हुन ।
हमालले आफ्नो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेकाले आफू पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएको बताउँदै आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेको उल्लेख गरेका छन ।
हमालले शुक्रबार मात्रै मन्त्री पदको शपथ लिएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page