बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सहिद दिलिप स्मृति पत्रकारिता पुरस्कारबाट तामाङ सहित तीन जना पत्रकार सम्मानित

राजबिराज, कात्तिक ५ गते । सहिद दिलिप स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट बृजमान तामाङ सहित तीन जना पत्रकार सम्मानित भएका छन् ।
सहिद दिलिप प्रतिष्ठान नेपालद्वारा सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा शुक्रबार आयोजित एक समारोहका बिच नगद ११ हजार सहित सम्मान पत्रद्वारा उनीहरुलाई सम्मान गरिएको हो ।
सहिद दिलिप प्रतिष्ठान नेपालद्वारा आयोजित दिलिप स्मृति स्तम्भ अनावरण तथा पत्रकारिता पुरस्कार बितरण कार्यक्रममा न्युज टुडे दैनिक एवं न्युज टुडे डटकम डटएनपी अन्लाईनका कार्यकारी सम्पादक बृजमान तामाङ, राजबिराज दैनिक डटकम डटएनपी अन्लाईनका प्रकाशक/ सम्पादक नवीन कुमार गुप्ता, थारुवान डटकम डटएनपीका सम्पादक मदन कुमार चौधरीलाई दिलिप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
सहिद दिलिप प्रतिष्ठानका अध्यक्ष राज कुमार लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा साँसद शान्ता चौधरी , राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, पुर्व मन्त्री हेमराज तातेडले जनही नगद ११ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
पत्रकार तामाङले लोकतान्त्र, गणतन्त्र ,संघीयता, धर्मनिरपेक्षता,समाबेशिता, समानुपातिक प्रतिनिधित्वको संस्थागत बिकासमा सक्रिय रुपमा कलम चलाउदै आएका छ्न ।
तामाङले आदिबासी जनजाति मधेसी,दलित मुश्लिम,सीमान्तकृत , पिछडिएका बर्गको अधिकारका लागि पत्रकारिताको माध्यमबाट लामो समय देखि आफ्ना भुमिका निर्वाह गर्दै आएका छ्न । पत्रकारिताको माध्यमबाट शोषित पीडित बर्ग,ससुदायको हक अधिकार सुनिश्चितताको लागि पुर्‍याएको अनरबत योगदानको उच्च सम्मानको गर्दै तामाङ सहित तीनजना पत्रकारलाई दिलिप स्मृति पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष राज कुमार लेखीले बताए ।
कार्यक्रममा साँसद शान्ता चौधरी, राष्ट्रिय परिषद सदस्य सुमन राज प्याकुरेल, पुर्व मन्त्री हेमराज तातेड,सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी,अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, लाहान नगरपालिकाका उपप्रमुख ससिया चौधरी, नेकपा एमालेका राष्ट्रिय परिषद सदस्य राजेन्द्र प्रसाद चौधरी, सप्तकोशी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दिपक कुमार लेखी, पुरस्कृत पत्रकार बृजमान तामाङ, नवीन कुमार गुप्ता, मदन कुमार चौधरी लगायतकाले मन्तब्य व्यक्त गर्दै सहिद दिलिप चौधरीको योगदानको चर्चा गरे ।
मित्र युवा क्ल्वका अध्यक्ष कमलकान्त चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत प्रतिष्ठानका सचिब हेम नारायण चौधरीले गरे । यस अघि सहिद दिलिप चौधरी स्मृतिमा स्तभको संयुक्त रुपमा प्रतिष्ठानका अध्यक्ष लेखी, साँसद चौधरी, पुर्व मन्त्री तातेड, राष्ट्रिय परिषद सदस्य प्याकुरेल लगायतका अतिथिहरुले गरेका थिए ।
सहिद दिलिप चौधरीलाई २०४२ सालको बम काण्डको आरोपमा काठमाडौ स्थित ल क्याम्पसबाट पक्राउ परेका थिए । पक्राउ परे लगत्तै उनको हत्य गरेका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page