राजनीति

पार्टीको घोषणा बमोजिम वडा कमिटीको अधिवेशन सम्पन्न, पार्टी प्रवेशले अन्य दलमा बाढी पहिरो

डम्बर राई
कञ्चनरुप (सप्तरी)।
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य, प्रदेश नम्वर २ सह इन्चार्ज, सप्तरी इन्चार्ज तथा राष्ट्रिय सभा साँसदीय दलका नेता सुमनराज प्याकुरेलले एमालले सरकारमा रहँदा गरेको कामको पृष्ठता अब जनताको मन र मष्तिष्कबाट कहिले पनि नहट्ने बताउँनु भयो ।
उहाँले भन्नुभयो, संम्वेदनशिल भएर राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा एमालेले साढे तीन बर्षमा जुन काम गर्यो त्यो एैतिहासिक बनीसकेको छ ।
कार्तिक ६ गते देशव्यापीरुपमा वडा अधिवेशन कार्यक्रम गर्ने पार्टीको घोषित तालिकानुसार सप्तरी आइपुग्नु भएका नेता प्याकुरेलले कञ्चनरुप नगरपालिका ५ स्थित पूर्वपिप्रामा शनिवार आयोजित वडा अधिवेशनलाई सम्वोधन गर्नुहुदै यस्तो बताउँनु भएको हो ।
नेकपा एमाले यो कुरामा विश्वास राख्दछ की जबसम्म किसान, युवा , महिलाका समस्या हल हुन सक्दैन तबसम्म उनीहरुको जीवनमा परिवर्तन आउदैन ।
प्रदेश २ मा सामन्ती शोषणको हावी रही रहेको छ नेता प्याकुरेलले भन्नुभयो, यो रोग सप्तरीमा अलिक बढी देखा पर्दै गएको छ र यहाँ जातिय नाममा विभाजन गराएर लडाई लगाउँने खेल समेत हुदै आएका छन् । सामन्ती शोषणको फरक रुपबाट सप्तरीमा जातियवादबाट राजनीतिक अखडा बनाइएका छन् । यहाँ काम र पदको आधारमा पनि जातिय विभेद गरिदै आएकाछन् नेता प्याकुरेलले गुनासो गर्नुभयो ।
जातिय विभेदकै क्रममा केहि उदाहरण पस्कनु हुदै उहाँले भन्नुभयो, सबै काममा अगुवा र ठुला विशिष्ठताको, उपादी बाहुन जातीमा हुने हो भने मुसहरको छोरो डाक्टर भयो भने त्यो बाहुन हुने की नहुने ?
सो समारोहमा प्रदेश सदस्य तथा नगर प्रमुख बसन्त कुमार मिश्र, प्रदेश सदस्यद्वय मो. कलिम मियाँ, असरा देवी चौधरी, पार्टीका बरिष्ठ नेता राज कुमार लेखी, जिल्ला सचिव देवनाथ यादव, जिल्ला सदस्य भोला राउत, नगर संयोजक बच्चुलाल चौधरी, शिव नारायण साहले आफ्ना संक्षिप्त भनाईहरु व्यक्त गरेका थिए ।
सो अवसरमा दुई दर्जन बढीले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । बालक चौधरी, महि नारायण चौधरी, सोमन सरदार, दिलिप सरदार, शिवचरण मुखिया, टिराहु चौधरी, सिर्जना देवी, छोटनी चौधरी, सत्य नारायण चौधरी, श्रीराम चौधरी, देवानन्द चौधरी, जयकान्त चौधरी, वीरेन्द्र प्रसाद चौधरी, जय नारायण चौधरी, राज कुमार चौधरी, बालक चौधरी, राजकुमार चौधरी छन् ।
यस्तै भुटीदेवी चौधरी, विनोद सरदार , वविता सरदार, लक्ष्मी देवी सरदार, जगती देवी सरदार, ठुले सरदार, शान्ती देवी सरदार, अनिता देवी सरदार र पानो सरदार पार्टी प्रवेश गर्नेमा रहेका छन् ।
बालक चौधरीको अध्यक्षतामा गठित २५ सदस्य वडा कमिटीको उपाध्यक्ष, सचिव, सह सचिवमा क्रमशः नवनित चौधरी, अरुण सरदार, शुभ दियाल चौधरी, तिलक महत्तो छन् ।
सदस्यहरुमा ललित नारायण चौधरी, गणेश श्रेष्ठ, योगेन्द्र चौधरी, ललिता चौधरी, निर्मला चौधरी, धनेश्वर सदा, वीरेन्द्र चौधरी, आशा चौधरी, सुर्जीदेवी चौधरी, ललिता चौधरी, जगती सरदार, श्यामा सदा, डोली सदा, नारायण चौधरी, राजाराम चौधरी, शिव नारायण मुखिया, शिव नारायण खंग, दिलिप सरदार, विनोद सरदार, आशा सरदार छन् । सल्लाकार कमिटीमा बच्चालाल चौधरी, प्रमेश्वर चौधरी, गणु यादव, महि नारायण चौधरी, सोमन सरदार, बतहन चौधरी, बच्चुलाल चौधरीलाई चयन गरेकाछन् भने अखिल नेपाल महिला संघ पनि गठन भएको छ ।
यसैगरी वडा ६ मा गठित कमिटीका अध्यक्ष, उपाध्यक्षहरु, सचिव र थप सदस्यहरु गरी १९ सदस्य सचिवालय कमिटी गठन गरेका छन् । क्रमशः बद्री प्रसाद भुजेल, ललिता निरौला, डम्बर नारायण साह, लक्ष्मी चौधरी, विष्णुदेव चौधरी, मो. जिब्रिल हक, गीरिजादेवी सरदार, नाजो खातुन, प्रमिला सरदार, सकिला विवि, गीतादेवी चौधरी, नारायण चौधरी, मो. उमर, भिखन चौधरी, राम बहादुर चौधरी, अगरवत्ती राम, मो. अब्दुल, मौगन सदा र टिराहु राम छन् । नगर कमिटीका लागि यस वडाबाट सौदागर मिया, रिखीमाया थापा मगर, उपेन्द्र नारायण साह, दयाराम चौधरी, बदरुदिन मिया, जाकिर हुसैन, मो. मुस्तुफा, मो. जिब्रिल हक र प्रमिला देवी रामलाई प्रस्तावित गरेकाछन् ।
वडा १२ र ९ ले पनि गठित कमिटीलाई अझ सहज र कार्यमुखी बनाउँन केहि कनिष्टलाई सदस्यमा थप गरेकाछन् । वडा १२ मा चुडामणी भट्टराई, गणेश प्रसाद भट्टराई, मो. मेयर अली र मो. मुर्सलिमलाई थप गरेर ४१ सदस्य कमिटी बनेको छ ।
साथै नगरकमिटीमा लिल बहादुर आलेमगर, बिन्द्र बहादुर राई, सरस्वती निरौला, भुवन खतिवडा, केवल खत्री र मोहन कुमार श्रेष्ठको नाम पठाउँने निर्णय भएको छ । यस्तै वडा ९ मा किशोर यादवलाई थप गरेर २६ सदस्य वडा कमिटी बनाएको वडा अध्यक्ष श्यामसुन्दर यादवले जानकारी गराएका छन् । नगरकमिटीमा यस वडाबाट पनि पाँच जनाको नाम प्रस्तावित गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page