राजनीति

नेता सुमनराज प्याकुरेलद्वारा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना

डम्बर राई /
कञ्चनरुप, कार्तिक ८ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ९ स्थित फुलवारी पाटीप्यालेस हलमा बडा दशै , तिहार, छठ र बकरीद पर्वको शुभ उपलक्ष्यमा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य, संघिय साँसद, राष्ट्रियसभा संसदीय दलका नेता तथा सप्तरी पार्टी इन्चार्ज सुमनराज प्याकुरेलले सोमवार कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गर्नुभएको हो ।
नेता प्याकुरेलले शुभकामना लिने र दिने क्रममा पार्टीको आगामी बैचारिक कार्यक्रमहरुको संक्षिप्तमा जानकारी दिनुहुदै अब पार्टी विशुद्घ ढंगले चल्ने दावी गर्नुभयो ।
पार्टीका विभिन्न संगठनमा आवद्घ नेता तथा कार्यकर्ताहरुको भारी उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रिय मुस्लीम आयोगका अध्यक्ष मो. समिम अन्सारी, माननिय सरीता गीरी, संविधान सभा सदस्य रञ्जु ठाकुर, मधेशी आयोग सदस्य आभासेतु सिंह, प्रदेश सदस्य तथा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख बसन्त कुमार मिश्र, अगुवा नेता राज कुमार लेखी, पार्टी जिल्ला अध्यक्ष, सचिव ताराकान्त चौधरी र देवनाथ यादवले शुभकामना प्रदान गर्नुभयो ।
यसैगरी अखिल नेपाल युवा संघ सप्तरीका अध्यक्ष चित्तरञ्जन यादव, अखिल नेपाल खेलकुद महासंघ सप्तरीका उधोगवाणिज्य संघका संजय पासवान, अखिल नेपाल विधार्थी संघ सप्तरीका अध्यक्ष दलित नेता जुगेश्वर पासवान, पार्टी जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिर, अखिल नेपाल शिक्षक संघका अध्यक्ष चन्द्रदेव चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page