राजनीति

नेकपा एमाले प्रथम नगर अधिवेशन भव्यताका साथ सम्पन्न , विभिन्न पार्टी परित्याग गरि दर्जनौं पार्टी प्रवेश

डम्बर राई /
कञ्चनरुप (सप्तरी) ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य, संघिय साँसद, राष्ट्रिय सभा साँसदीय दलका नेता एवं सप्तरीका इन्चार्ज सुमनराज प्याकुरेलले नेकपा एमाले श्रमजिवी जनताका पार्टी भएकोले भाग्यलाई होइन कर्मलाई यस पार्टीले विश्वास गर्ने बताउँनु भयो ।
सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित बरमझियामा मंगलवार आयोजित पार्टीको प्रथम नगर अधिवेशनको उदघाटन समारोहलाई सम्वोधन गर्नुहुदै नेता प्याकुरेलले भन्नुभयो, देशमा शोषित, पिडित, सर्वहारा, निमुखा जनतामा परिवर्तन आउन सकेन ।

उनीहरुको आर्थिक, शैक्षिकमा मात्र नभई सामाजिक क्षेत्रमा पनि दविएर, हेपिएर बस्न बाध्य छन् नेता प्याकुरेलले भन्नुभयो, पेशाले जातमा सुचिकृत हुने भए बाहुनको छोराले चम्राको काम गर्दा चमारे हुने की नहुने ? जातीय विभेद पनि समाजमा हावी बनेको छ । यसैलाई अन्त्य गर्न यधपी चिरफार गर्न, यो विभेदकारी हावीलाई मास्न एमाले चाहान्छ र नेकपा एमाले यो देशमा परिवर्तन चाहान्छ । गाँस, बास र कपडाको ग्यारेन्टी सरकारले लिनुपर्छ र जनतामा यो पूर्णरुपले लागु गर्नुपर्छ भन्ने मुल्य मान्यताका साथ एमाले लागिपरेको छ ।
केपी शर्मा ओली तराई मधेश विरोधी हुन् भनेर केहि प्रतिगामीहरु भ्रमात्मक कुरा लगाएर हिडने गरेका छन् तर तराई मधेशका लागि केपी शर्मा ओलीले जति विकास कोही प्रधानमन्त्रीले गर्न सकेका छैनन् म ठोकुवा गरेर भन्नसक्छु नेता प्याकुरेलले बताउँनु भयो । उहाँले भन्नुभयो, मलेठको घटनाले केपीओलीलाई मुछेको छ तर त्यत्तिबेला सरकारमा एमाले थिएन, प्रचण्ड प्रधानमन्त्री, काँग्रेसको विमलेन्द्र नीधि गृहमन्त्री थिए गोली ठोक्न लगाउने केपीओली हुनसक्छ ? यो सबै ताण्डव मच्चाएर नेकपा एमालेलाई बदनाम गराउनु थियो ।
लामो समयदेखि जिर्ण भएका तथा पूर्वाधार बन्नै नसकेका कैयौं हुलाकी मार्ग केपी शर्मा ओलीको पाला बन्यो र बन्नेक्रम जारी छन् साथै तराई मधेशमा रेलमार्ग, धेरै विधालय, स्वास्थ्य लगायतका उधमहरु निर्माण भएका छन् अनी कसरी केपी शर्मा ओली मधेश विरोधी भयो ? यस्तो प्रश्न उठाउँनुभयो ।
सप्तरीको जनताको स्वास्थ्यलाई ख्याल राखेर केहि महिना अगाडी राजविराजको विरौलमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको स्मरण गराउँदै नेता प्याकुरेलले भन्नुभयो, केपी ओली मधेश विरोधी होइन तर मधेशमा ओली छिर्यो भने यहाँका क्षेत्रिय स्तरका केहि मधेशका मसिहाहरु राजनीतिकवाद, दलालवाद, हैकमवादबाटै समाप्त हुने भएकोले ओलीलाई मधेश विरोधी भनेका हुन् ।
उहाँले सप्तरीको विकासमा कर्णालीको भन्दा कमजोर हुनुमा पनि मधेशको रंगतरंगको हावी हो भन्नुभयो ।
नेकपा एमालेका युवा वरिष्ठ नेता राज कुमार लेखीले यस देशमा लोकतान्त्रिक पद्वती बोकेर जनतालाई शिरोधार्य गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेको दावी गर्नुभयो । एमाले अहिले जनताको आकर्षणको विन्दु बनेको छ किनकी यत्तिबेला नेपाली काँग्रेस शेर बहादुर देउवा प्रधानमन्त्री भएको सरकार छ तर देशमा जताततै केपीओलीको चर्चा छ ।

उहाँले विधार्थीकाल देखि नै एमालेको संगठनमै रहेर विभिन्न जनवर्गिय संगठनमा २२ बर्षसम्म काम गरेको जानकारी दिनुहुदै भन्नुभयो, १० बर्ष आफुले एमाले छाडेर पून एमालेमै फर्किनु पर्ने कारण एमाले बाहेक यस देशमा अरु कुनै पार्टीको काम छैन माओवादी, मधेशवादी दलहरु त खाली भाँजो लगाउँने, आफै सिमित हुने बोलेको पूरागर्न नसक्ने ताण्डवकारी मात्र हुन् । नेपाली काँग्रेस पनि लोकतान्त्रिक पद्घतीबाट हटिसकेको छ जनताको आस्था गुमाइसकेको प्रमाणित यहा हुन्छ की तीन महिना सम्म सरकारलाई पूर्णता दिलाउँन सकेन ।
डेढ करोड आदिवासी जनजातीको माँगलाई लिइएर आफुले तत्काल पार्टीबाट अलग भएर मधेशवादी दलमा प्रवेश गरेको संक्षिप्त जानकारी दिनुहुदै भन्नुभयो, उपेन्द्र यादव सकरकारमा गयो सरकारमा रहँदा यादवले मधेशको सारा समस्या र एजेण्डालाई विर्सियो, जनताका बीचमा जे आश्वासन दिएको थियो त्यो कुनैपनि पूरा भएन । त्यत्ति मात्र होइन प्रदेश २ मा मधेशवादी दलको सरकार बन्यो, आज चार बर्षसम्म पनि संविधानमा उल्लेख गरिएका कुनै पनि आयोग गठन गर्न सकेन । नेता लेखीले थप्नुभयो, उपेन्द्र यादवको नेतृत्वको लालवावु राउतको प्रदेश सरकारले आयोग गठन नगरेर दलित, मुस्लिम, आदिवासी जनवाती, मधेशी, महिलाको हकहीतलाई कुठराघात गर्यो । मधेशवादी दलका नेताहरुको बोलीमा कुनै दम छैन, बोलेको पुर्याउँदेन यतिमात्र होइन बोल्छ एउटा गर्छ अर्कै, यिनिहरुमा एकता र भरोसावादी काम हुदैन ।

क्षेत्रिय दल र साना दलको अवस्थाले देशमा जनताको समस्या परिपूरक छैन र उपलब्धी मुलक कार्यमा यस्ता दलहरुले ठोस एजेण्डामाथी कार्वान्वयन गर्नै सक्दैन लेखीले ठोकुवा गर्नुभयो ।
उहाँले भन्नुभयो यो देशमा क्षेत्रिय, जिल्ला स्तरका सा साना दलहरुको आवश्यकता छैन किनकी देशमा संविधान निर्माण र उल्लेखित कानुन अधिकार प्रत्याभुती जस्ता महत्तवपूर्ण कार्यमा आफ्रना माँग एवं एजेण्डालाई पारीत गराउँन सक्दैनन् र हुदैन पनि ।
संघिय साँसद, तथा प्रदेश सदस्य सरीता गीरी , नगर प्रमुख एवं प्रदेश सदस्य बसन्त कुमार मिश्र, प्रदेश सदस्यहरु मनाइ महत्तो, मो. कलिम मियाँ, अनेमसंघकी केन्द्रिय सदस्य तथा प्रदेश सदस्य आसरादेवी चौधरी, जिल्ला सचिव देवनाथ यादव, जिल्ला सदस्य भोला राउत, सविता न्यौपाने, पेशल जोशी, भुवन बहादुर केसीले शुभकामना मन्तव्य दिइएका थिए ।
यसै गरी राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्यद्वय संजय पासवान, मनिष श्रेष्ठ, ८ नम्बर वडा अध्यक्ष राज कुमार साह, जिल्ला सदस्य लक्ष्मी मण्डलले आधिवेशन उदघाटन सत्रलाई शुभकामना दिइएका थिए भने कञ्चनरुप नगरका युवा संघका अध्यक्ष मो जंैनुद्विन मियाँले स्वागत मन्तव्य दिइएका थिए ।

जिल्ला सदस्य शिव नारायण साहले संचालन गरेको उक्त अधिवेशन उदघाटन समारोहको अध्यक्षता नगर संयोजक बच्चुलाल चौधरीले गरेका थिए । बन्द सत्र आयोजकको सल्लाह अनुसार स्थान र समयमा गर्ने जानकारी रहेको छ ।
आयोजित समारोहमा लोकतान्त्रिक पार्टी परित्याग गरी हरीहर देवी चौधरी, सुखरीदेवी चौधरी, गोरीदेवी चौधरी, बीनादेवी चौधरी, रम्भादेवी मण्डल, मजादेवी मण्डल, ललिता कुमारी चौधरी छन् । यसैगरी राजपा र माओवादी पार्टी परित्याग गरी तजमुल सेख, फिरोज सेख, युवराज सेख, तोसिव सेख, सरीफ सेख, मुस्ताफ सेख, सरताज सेख, सोकत सेख, टराज सेख, प्रियेश झा, राम झा, कुन्दन झा, राजेश यादव, मुकेश यादव, सरोज सेख, प्रदिप साह र गणेशी साह छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page