अर्थतन्त्र

पेट्रोल र डिजेलमा ३/ ३ रुपैयाँ तथा एलपी ग्यासमा ५० रुपैयाँले मूल्य वृद्धि

कञ्चनरुप (सप्तरी) । पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा मूल्य बढाइएको जनाएको छ।
नेपाल आयल निगमले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी मूल्य वृद्धि गरेको हो ।
डिजेल र पेट्रोल दुबैमा ३ ३ रुपैयाँ बढेको हो । मूल्य बढेसँगै पेट्रोलको मूल्य १३३ र डिजेलको मूल्य ११६ पुगेको छ।
त्यस्तै आन्तरिक तथा बाहृय हवाई ईन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ ।
एलपी ग्यासमा ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर पुर्याएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page