राजनीति

सप्तरीमा एमालेमा पार्टी प्रवेश गर्नेहरुको लहर ,कञ्चनरुपमा चार दर्जन भन्दाबढी नेताकार्यकर्ता एमाले प्रवेश

डम्बर राई /
कञ्चनरुप (सप्तरी) ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ स्थित पिप्रापूर्व र पथरी सिङ्गै टोल नेपाल कम्युनिष्ट पार्टी एमालेको लालकिल्ला भएको छ ।
विहिवार पार्टी प्रवेश कार्यक्रममा मधेशवादी दल, माओवादी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी ५० जना एमालेमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा क्रमशः हीरालाल साह, रमेश साह, भरत मुखिया, छेदी मुखिया, भरत मुखिया (वी), कप्लेश्वर मुखिया, प्रशान्त खंग, शिव सदा, राम खंग, राज कुमार मुखिया, भगडु मुखिया, जोगेन्द्र पण्डित, सुरेन्द्र पण्डित, मगरनिया सदा, राम सरदार, भरत मुखिया, (सी), संजय सदा, बुद्घिलाल ठाकुर, सुरज पण्डित, रामअवतार ठाकुर, बच्ची मण्डल, विन्दादेवी मण्डल जागोदेवी सरदार, सुनिता सदा, दुखनी देवी मुखिया, गीतादेवी पण्डित छन् ।

यसैगरी अजय सदा, रमेश राम, विष्णु सदा, प्रदिप सदा, चन्द्र सदा, तेजु सदा, रघुनाथ मण्डल, जगन मुखिया, लक्ष्मण सरदार, शिव नारायण पण्डित, विरेन्द्र खंग, जितेन्द्र खंग, सरोजनी देवी पण्डित, चन्दन सरदार, हेम नारायण राम, गजेन सदा, भिखन सदा, कुसुमलाल खंग, राजु यादव लगायत छन् ।
यस्तै हप्तादिन अगाडी वडा अधिवेशन कार्यक्रममा पनि विभिन्न पार्टी परित्याग गरी तीन दर्जनले एमालेमा प्रवेश गरेका थिए ।
विहिवार पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय स्थायी कमिटी सदस्य, प्रदेश २ इन्चार्ज एवं प्रदेश साँसद सत्य नारायण मण्डलले अविर लगाई पार्टी प्रवेश गराएका थिए भने अधिवेशन समारोहमा केन्द्रिय कमिटी सदस्य, संघिय साँसद, राष्ट्रिय सभा साँसदीय दलका नेता एवं सप्तरी इन्चार्ज सुमनराज प्याकुरेलले फूल अविर लगाई पार्टी प्रवेश गराएका थिए ।

सप्तरीमा एमालेमा प्रवेश गर्नेको लहरले नेता तथा कार्यकर्ताहरुले यत्तिबेला भ्याई नभ्याई भएको एमालेका एक नेताले बताए ।
नगर संयोजक बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित समारोहमा माननिय नेता मण्डलले कार्यक्रमलार्इृ सम्वोधन गर्दै भन्नुभयो, नेपाल जस्तो गरीवी मुलुकमा परिवर्तन ल्याउन एमाले पार्टी विकल्प छैन तसर्थ समृद्घ नेपाल र सुखी नेपाली बन्न सम्पूर्ण नेपाली जनताले एमालेलाई सहस्र स्विकार गर्नैपर्छ नत्र नेपाल र नेपालीको भविश्यमा परिवर्तन आउने छैन ।

प्रदेश २ कमिटीका सदस्य एवं संघिय साँसद सरीता गीरी, प्रदेश २ कमिटी सदस्य मो. कलिम, युवा वरिष्ठ नेता राज कुमार लेखी, युवा नेता माधव चौधरी लगायतले आ आफ्ना विचार प्रस्तुत गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page