राजनीति

नेपाली काङ्ग्रेस सप्तकोसीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

फत्तेपुर, १३ कात्तिक । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा शनिबार नेपाली काङ्ग्रेस सप्तकोसी नगरपालिका वडा नम्बर १ ले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।
दशै, तिहार, छैठ,इद, समाचकेवा ,नेपाल संवत लगायत पर्वको अवसरमा नेपाली काङ्ग्रेसद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु बहादुर खडकाले चाडबाडले राष्ट्रिय एकतामा टेवा पुग्ने बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य हेमराज तातेडको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिव कृष्ण प्रसाद ढकाल ,जिल्ला कमिटी सदस्य चन्द्र सेखर चौधरी, नगर सभापति रमेश कार्की ,नेता अशोक चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका अध्यक्ष नेपाली काङ्ग्रेस सप्तकोसी वडा नम्बर १ का सभापति रोहित कटवालले भने चाडबाडको समयमा सबैसँग रमाइलो साटासाट गर्ने उद्देश्यले शुभकामना आदानप्रदान कार्यक्रम राखेको बताउँदै उनले कार्यक्रममा सहभागीता जनाईदिएकोमा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page