धर्म संस्कृति

यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा शुभ

यस वर्ष भाइटीकाको उत्तम साइत भने बिहान ११ बजेर २ मिनेट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
भाइटीका कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा टीका लाउनु शुभ रहेको समितिको भनाइ छ ।
यस वर्षको तिहार कात्तिक १६ भोलि मंगलबार बाट सुरु हुँदै छ । भोलि यमदीपदान, धनत्रयोदशी (धन्तेरस) तथा धन्वन्तरी जयन्ती मनाइँदैछ ।
यसैगरी बुधबार कागतिहार तथा कुकुर तिहार र नरक चतुर्दशी परेको छ भने बिहीबार लक्ष्मीपूजा मनाइँदै छ । शुक्रबार गोवद्र्धन पूजा तथा नेवारी समुदायमा म्ह पूजा परेको छ भने २० गते शनिबार भाइटीका परेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page