अर्थतन्त्र

सप्तकोसी नगरपालिका १ फत्तेपुरमा पहिलो सार्बजनिक सुनुवाइ सम्पन्न

खगेन्द्र कार्की /
फत्तेपुर ।
सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा नेपाल सरकार कृषि तथा पशुपक्षि बिकाश मन्त्रालय लाइभस्टक सेक्टर इनोभेसन आयोजना बिकेन्दृत आयोजना सहयोग इकाई हेटौंडाको सहयोग मा खसीबोका मासुजन्य उत्पादन समुह शिवालय बाख्रा पालन समुहले सोमबार फत्तेपुरमा प्रथम सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
नेपाल सरकारको ५० प्रतिशत अनुदान र ३० प्रतिशत बित्तिय संस्थाबाट अनिवार्य ऋण लिनुपर्ने बाँकि २० प्रतिशत स्वयं सन्चालकको लगानीमा संचालन हुन लागेको शिवालय बाख्रा पालन समुहले उन्नत तथा स्वस्थ खसीबोका र पाठापाठि उत्पादन, सुधारिएको खोर निर्माण गरिने समुहका उपाध्यक्ष पुर्ण बहादुर खत्रीले जानकारी गराए।

आयोजनाको अनुदानमा समुह सन्चालन गर्ने र आएको र अनुदानको रकम कहाँ र कसरी सदुपयोग गरेको भन्ने कुराको आयोजनाले अनुगमन बिधि बाट अनुगमन तथा समुहले पाउने अनुदान रकम कुल लागत १ करोड ६७ लाख ६४ हजार ६ सय ७२ मध्यबाट आयोजनाको अनुदान ८३ लाख ८२ हजार ३ सय ३६ रुपैयाँ रहने र बैंक बाट ऋण ५७ लाख लिनुपर्ने र २६ लाख ८२ हजार ३ सय ३६ रुपैयाँ स्वयम् शिवालय बाख्रा पालन समूहले लगानि गर्नुपर्ने समुहका अध्यक्ष दिपक कार्कीले सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्बजनिककरण गरेका छ्न।

कृषि तथा पशुपक्षि बिकास मन्त्रालयले ब्याबसायिक कृषि ब्यापार आयोजना तथा बिश्व बैंकको सहयोगमा संचालित ,उप आयोजनाले कृषकहरुलाई हौसला प्रधान गरि कृषिलाई ब्याबसायिककरण गरि आत्मनिर्भर बनाउने उद्धेश्य स्वरुप अनुदान बितरण गर्ने गरेको कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले बताए।
सार्बजानिक सुनुवाइ कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा, आयोजनाको तर्फबाट बिक्रम बस्नेत लगायत विभिन्न कृषि पशुपालन समुहका अध्यक्ष , प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न ब्याबसायिक कृषक ,सुरक्षाकर्मी, पत्रकार ,उपभोक्ता लगायतको उपस्थिति रहेको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page