खेलकुद

तेरहौतामा दोस्रो पचशिल्ड क्रिकेट प्रतियोगिता शुरु, उद्वघाटन खेलमा रुपनी ३२ रनले विजयी

विरेन्द्र बजार, १९ कार्तिक । वि एण्ड वि स्पोर्ट्स क्लब विरेन्द्र बजारद्वारा सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ मा संचालित दोस्रो पच शिल्ड क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
मावी तेरहौताको खेलमैदानमा आयोजित प्रतियोगिताको शुक्रबार एक समारोहका विच रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले उद्वघाटन गरेको हो ।

हाम्रो कृषि सहकारी संस्था बिरेन्द्र बजारका अध्यक्ष शत्रुधन प्रसाद मेहताको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष यादवले ब्याटिङ गरेर खेल उद्वघाटन गरे ।
कार्यक्रममा रुपनी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य वेचन प्रसाद साह, पुष्पा श्रेष्ठ लौगी, वडा नम्बर १ का वडा सदस्य बिरेन्द्र चौधरी, एमाले जिल्ला सदस्य शुभ नारायण यादव, नेपाली कंग्रेसका श्याम चौधरी लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्वघाटन खेलमा रुपनी बिजयी भएको छ ।

राजबिराजलाई ३२ रनले पराजित गर्दै रुपनी विजय भएको हो । टस जितेर ब्याटिङ्ग रोजेका रुपनीले निर्धारित सम्पुर्ण ओभर खेल्दै १ सय ५ रन जोडेका थिए ।
प्रतिउत्तरमा १ सय ६ रणको लक्षय लिई मैदानमा उत्रिएका राजबिराजले सम्पुर्ण बिकेट गुमाउँदै ७४ रनमा समेटिएका थिए । प्रतियोगितामा रुपनी, राजविराज,बिरेन्द्र वजार,लवौपार, चाईना कम्पनी, कटैया ए, हनुमाननगर, कटैया बि, दुधैला, आदार्थ टोल, कल्हटा, कल्याणपुर गरि ११ वटा टिमको सहभागीता रहेको आयोजक समितिका मनोज थापा मगरले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page