खेलकुद

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा मरिससविरुद्ध १–० गोलले विजयी

नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मरिससविरुद्ध १–० गोलले जित दर्ता गरेको छ । दशरथ रंगशालामा जारी खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए ।
यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरे पनि नेपालका आशिष लामाले प्रहार गरेका बलमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै मिलाएको बलमा सुजलले गोल गरेका हुन ।
लगत्तै मोरिससले बराबरी गर्ने अवसर पाए पनि मरिसस चुक्दा नेपालले जितेको हो ।
पहिलो हाफमा नेपालले एक गोलको अग्रता लिएको खेलको दोस्रो हाफ भने तनावपूर्ण रह्यो । दोस्रो हाफमा नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाए ।
खेलको ७१ औं मिनेटमा नेपालका पुजन उपरकोटी र मरिससका एड्रिएन बोटलर तथा ८० औं मिनेटमा मरिससका एमानुएल फलचन्दले रातो कार्ड पाए । दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा नेपालले १–० को जित दर्ता गरेको हो ।

Tags
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page