कोशी प्रदेश समाज

बिराटनगरको दरैयाबाट लागूऔषध सहित एक जना पक्राउ

बिराटनगर, कार्तिक २९ गते । बिराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सोमवार ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गोर्खा सहिद गाउँपालिका ७ का २२ वर्षीय मनिष श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठको साथबाट २ सय ८४ ट्याब्लेट नाईट्राभेट , ७७ एम्पुल डाईजापाम ,७७ एम्पुल लुपिजेसिक र २३ एम्पुल एभिल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page