अर्थतन्त्र

उद्योग बाणिज्य संघ सप्तरीको ११ औं अधिवेशनद्वारा नयाँ नेतृत्व चयनको लागि मतदान

रबि शर्मा /
राजविराज, ४ मंसिर ।
उद्योग बाणिज्य संघ सप्तरीको ११ औं अधिवेशनद्वारा नयाँ नेतृत्व चयनको लागि आज राजविराजमा मतदान सुरु भएको छ । केअ मावि राजविराजको प्राङ्गणमा अध्यक्षसहित १४ पदका लागि मतदान सुरु गरिएको जनाइएको छ । संघको नेतृत्वको लागि २ जनाको उम्मेदवारी परेको छ ।
दिउँसो साढे १ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म समय तोकिएको छ ।
संघमा कुल १ हजार ३ सय २२ जना मतदाता रहेका छन् ।

अध्यक्ष पदमा शंकर दास र लालुप्रसाद अग्रवालले प्यानलसहित उम्मेदवारी दिएका छन् । दासको प्यानलबाट उद्योग तर्फको उपाध्यक्षमा रामअशिष स्वर्णकार, बाणिज्य तर्फको उपाध्यक्ष गौरीशंकर साह, महासचिवमा सुरज सिंह, सचिवमा गुलामबदी उजुम खाँ, कोषाध्यक्षमा दिनेश प्रसाद साह, सहकोषाध्यक्ष निर्मल मुन्धडाले उम्मेदवारी दर्ता गराएका छन् ।
सो प्यानलबाट सदस्य पदका लागि संजय पुर्वे, शिवनारायण साह, प्रमोद प्रसाद साह, कृष्णदेव भगत, अशोककुमार यादव र प्रतापकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सो प्यानलबाट महिला सदस्य पदमा साधना दासको उम्मेदवारी परेको छ ।

यस्तै अग्रवालको प्यानलबाट उद्योग तर्फको उपाध्यक्ष दुर्गानन्द साह, बाणिज्य तर्फको उपाध्यक्ष रमेश साह, महासचिवमा अमृत संचेती, सचिव सुरेन्द्र बिमल यादव, कोषाध्यक्ष प्रमोद काबरा र सहकोषाध्यक्षमा अनिल सिंहले मनोनयन पत्र दर्ता गराएका छन् ।
सो प्यानलबाट सदस्य पदमा सन्तोष सिंन्हा, बिनोद साह, सचिन्द्र दास, मो. साहिर, सुरेन्द्र साह, कमल साह र महिला सदस्यमा अम्बिका दाहालले मनोननय पत्र दर्ता गराएका छन् ।
सदस्यमा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page