समाज

सप्तरीको वेल्हीबाट लागूऔषधसहित दुई जना युवक पक्राउ

कञ्चनरुप (सप्तरी) , १२ मंसिर । सप्तरी प्रहरीले लागूऔषधी सहित दुई जना युवकलाई पक्राउ गरेको छ । आइतबार खडक नगरपालिका २ स्थित प्रहरी चौकी सिस्वा वेल्हीबाट गस्तीमा खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको बोदे बरसाईन नगरपालिका वडा नम्वर १ का १६ वर्षीय सुरज कुमार यादव र १९ वर्षीय राधेश्याम मण्डल रहेका छन् ।
पक्राउ परेका यादवले बोकेको झोलाबाट नाइट्राभेट ट्याब्लेट ५ पत्ता, डायजेल्याब इन्जेक्सन ६ पिस र फेर्नागन ट्याब्लेट ६ पिस बरामद भएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासवानले जानकारी दिनुभयो ।
पक्राउ परेकामाथि कानुन बमोजिम म्याद थप गरि बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page