अर्थतन्त्र

त्रियुगा सहकारी संस्था फत्तेपुरको वार्षीक साधारण सभा सम्पन्न

खगेन्द्र कार्की –
फत्तेपुर ।
सप्तरीको सप्तकोसी नगरपालिका स्थित फत्तेपुरमा रहेको त्रियुगा सहकारी संस्थाको २० औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
सप्तरीकोको साबिक फतेपुर, ओद्रहा, कमलपुर, पिप्रापुर्ब, कंचनपुर ,जगतपुर र धरमपुरलाई कार्यक्षेत्र बनाइ २०३३ सालमा स्थापना भएको सहकारीको ३१ सय २८ जना सेयर सदस्य रहेको संस्था को आ.व.२०७७/०७८ मा ५२ करोड ७५ लाख ९८ हजार ७२ रुपैया बराबरको बार्षिक कारोबार गरेको साधारण सभामा सार्बजनिक गरेको छ।
सहकारीले किसानहरुको जीवन स्तर उकास्ने उदेश्य राखी पशुपालन,कृषि ब्याबसाय लाई सहुलियत ब्याज दरमा कर्जा उपलब्ध गराउनुका साथै किसानहरु लाई दुग्ध खरिद बिक्री समेत गर्ने गरेको छ भने मल खाद्य बीउ बिजन दुधका विभिन्न परिकार बनाइ बिक्री बितरण गरि उपभोक्ता हरुलाई सेबा दिदै आएको छ ।

सेयर सदस्यहरुको मागलाई ध्यानमा राख्दै एम्बुलेन्स सेवा कृषकहरुको लागि खेत जोत्ने ट्याकटर धान काट्ने मेसिन संचालित छ भने बिगत केहि बर्ष देखि यहाँका उपभोक्ताहरुलाई ध्यानमा राख्दै सहकारीले डिपार्टमेन्ट स्टोर समेत संचालनमा ल्याएको छ ।
सहकारीद्वारा संचालित डिपार्टमेन्ट स्टोरमा खाद्यान्न ,कस्मेटिक,जुस,दुग्ध जन्य पदार्थ लगायतका दैनिक उपभोग्य सामाग्री उपलब्ध रहेको छ । आगामी दिनमा लत्ताकपडा लगायतका सामानहरु उपलब्ध गराउने संस्थाका अध्यक्ष शम्भु बहादुर खड्काले बताए ।

गाउँमा छरिएर रहेको पूंजीलाई संकलकको माध्यमबाट घरघरमा पुगि दैनिक बचत संकलन गरि १ लाख सम्म बिना धितो कर्जा प्रबाह गरि सेयर सदस्यहरुलाई सेवा दिँदै आएको संस्थाका ब्याबस्थापक दिपक कार्कीले जानकारी दिए।
संस्थाका संचालक समिति अध्यक्ष शम्भु बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तमकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page