राजनीति

नेकपा एमालेले चयन गर्‍यो सात वटै प्रदेशका अध्यक्ष र इन्चार्ज

काठमाडौं । नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ ।
केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले ७ वटै प्रदेशका अध्यक्ष र इन्चार्ज तोकेको हो ।
प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई तोकेको छ । यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव र इन्चार्जमा रघुवीर महासेठ, वाग्मतीको अध्यक्षमा केशवराज पाण्डे र इन्चार्जमा काशीनाथ अधिकारी तथा गण्डकीको अध्यक्षमा नवराज शर्मा र इन्चार्जमा पद्मा अर्याल चयन हुनुभएको छ ।
यस्तै लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र इन्चार्जमा छविलाल विश्वकर्मा, कर्णालीको अध्यक्षमा विनोदकुमार शाह र इन्चार्जमा यमलाल कँडेल तथा सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी र इन्चार्जमा लेखराज भट्ट चयन हुनुभएको छ ।
बैठकले काठमाण्डौँ उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई तोकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page