राजनीति

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक, १५३३ जना सहभागी हुने

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो बुधबार सार्वजनिक भएको छ ।
केन्द्रले आगामी पुस ११ बाट सुरु १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको आज लोगो सार्वजनिक गरेको हो ।
पार्टी कार्यालय पेरिस डाँडामा बुधबार पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरेका हुन् । लोगोमा ‘नयाँ क्रान्ति विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ ।
सम्मेलनमा १५ सय ३३ जना प्रतिनिधि सहभागी हुने जानकारी दिइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page