समाचार

इप्रका कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना मुलक कार्यक्रमको आयोजना

कञ्चनरुप , २८ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका स्थित रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।
मंगलवार जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ र अस्थायी ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरद्वारा संयुक्त रुपमा कार्यक्रम आयोजना गरिएको हो ।
ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राम कुमार यादवको अध्यक्षता तथा कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का अध्यक्ष एवम नगरपालिकाका प्रवक्ता राज कुमार साहको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

आयोजित कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र, कंचनरुप १ का वडा अध्यक्ष मो. कलिम शेख, वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण यादव, वडा नम्बर १२ का अध्यक्ष देवि बहादुर खत्री, नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङ, जसपा नगर अध्यक्ष सुदम्बर यादव, एमाले नगर संयोजक बच्चुलाल चौधरी, माओबादी केन्द्र नगर अध्यक्ष सत्य नारायण चौधरी, जनमत पार्टीका नगर संयोजक अनिल पंजियारले मन्तव्य व्यक्त गर्दै सचेतना कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न टेवा पुग्ने भएकाले सप्ताव्यापी मात्र हैन जागरण अभियानको रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी म्याजिक संघका अध्यक्ष लक्षमि मण्डल, कंचनरुप नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्य, स्थानीय पत्रकार राजकुमार साह, राष्ट्रिय युवा संघका नगर संयोजक जैनुदिन मियाँ, अटो ब्याबसायी संघका अध्यक्ष जोगिन्द्रा पासवान लगायतकाले दुर्घटना न्यूनीकरणका लागि सर्वपक्षीय सहयोगको आवश्यता औल्याउनुभयो ।
स्थानीय संजय पासवानद्वारा सञ्चालित कार्यक्रममा स्वागत ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक रमेश तिमिल्सिनाले गर्नुभयो ।
जिल्ला ट्राफिक कार्यालय सप्तरीद्वारा सुरक्षित यात्रा, हाम्रो चाहाना भन्ने मुल नाराका साथ मंसिर २७ देखि पौष ४ गते सम्म सवारी दुर्घटना न्यूनीकरण गर्न सप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुरु गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page