अर्थतन्त्र

फत्तेपुर बहुउद्देश्यीय सहकारीको १६ औं सधारण सभा सम्पन्न

खगेन्द्र कार्की
फत्तेपुर ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ स्थित रहेको फत्तेपुर बहुउद्देश्यीय सहकारी सस्थाको १६ औं वार्षिक सधारण सभा शनिबार सम्पन्न भएको छ।
सन्चालक समितिका अध्यक्ष नरेन्द्र खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथी प्रदेश नम्बर २ का प्रदेश सांसद सत्यनारायण मण्डलले गरेका थिए ।
उद्घाटन कार्यक्रम बोल्दै मण्डलले भने कागजमा मात्र नाफा देखाउने प्रवृत्तिले सहकारी लक्षित वर्ग सम्म पुग्न नसकेको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मण्डलले भने देशमा सहकारीको संख्या बढेपनी युवा तथा कृषक लक्षित कार्यक्रम नहुदा बिदेश पलायन कार्य नरोकिएको बताए । नगर भित्र रहेका सहकारीहरुले नगरपालिका संग हातेमालो गरि अभियानको रुपमा अघि बढी किसानहरुलाई राहत हुने किसिमको कार्यक्रम ल्याउनु पर्ने बताए ।
सधारण सभामा राष्ट्रिय सहकारी बैंक राजबिराज का प्रमुख चन्द्र मणि भट्टराई, समाजसेवी मुरारी कार्की, वडा नम्बर ३ का वडा अध्यक्ष देबकान्त चौधरी ,मनकामना बहुमुखी सहकारीका अध्यक्ष अशोक चौधरी लगायतले शुभकामना मन्त्ब्य राखेका थिए ।
कार्यक्रममा संस्थाका लेखा सन्योजक प्रेम कुमार दहालले आ ब ०७७/०७८ को २४ करोड ८२ लाख ५५ हजार ६ सय ९९ रुपैयाँ १६ पैसा बराबरको आय ब्यय प्रस्तुत गरेका थिए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page