अर्थतन्त्र

मनकामना बहुमुखी सहकारी संस्था फत्तेपुरको १३ औं साधारणसभा सम्पन्न ;१३ करोड ७९ लाखबढीआयव्यय प्रस्तुत

खगेन्द्र कार्की
फत्तेपुर, ९ पुस ।
मनकामना बहुमुखी सहकारी संस्था फत्तेपुरको १३ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
सप्तरीको साविक फतेपुर, ओद्रहा, कमलपुर, पिप्रापूर्व, कञ्चनपुर ,जगतपुर र धरमपुरलाई कार्यक्षेत्र बनाई २०५७ सालमा स्थापना भएको सहकारीको ४ सय ९० जना सेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७७/०७८ को १३ करोड ७९ लाख ५३ हजार ३ सय ५१ रुपैया २ पैसा बराबरको आयव्यय प्रस्तुत गरेको छ।
सहकारीले किसानहरुको जीवनस्तर उकास्ने उदेश्य राखी पशुपालन, कृषि ब्यावसायलाई सहुलियत ब्याज दरमा कर्जा उपलब्ध गराउनुका साथै किसानहरुलाई दुग्ध खरिद बिक्री समेत गर्ने गरेको छ।

गाउँमा छरिएर रहेको पूंजीलाई संकलकको माध्यमबाट घर घरमा पुगि दैनिक बचत संकलन गरि १ लाख सम्म बिना धितो कर्जा प्रबाह गरि सेयर सदस्यहरुलाई सेवा दिँदै आएको संस्थाका व्यवस्थापक पिताम्बर बरालले जानकारी दिए ।
साधारण सभाको अवसर पारी संस्थाका बृद्ध सेयर सदस्यलाई सम्मान समेत गरिएको छ ।
अपनाउ सहकारी पद्धति हटाउ गरिबी र बेरोजगारी भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारण सभामा अशोक चौधरीको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका संचालक समिति अध्यक्ष विश्वनाथ मण्डल, त्रियुगा सहकारीका अध्यक्ष शम्भु बहादुर खड्का, रक्तमाला सहकारीका अध्यक्ष रोहिणी प्रसाद पोखरेल ,राष्ट्रिय सहकारी बैँक राजबिराजका प्रमुख चन्द्र मणि भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page