राजनीति

एमालेले राष्ट्रिय सभाका १९ उम्मेदवारको नाम टुंगो लगायो (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि १९ जना उम्मेदवारको टुंगो लगाएको छ ।
आगामी माघ १२ मा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो ।
फागुन २० पछि एमालेले जितेका ८ सिटसहित कुल १९ स्थान रिक्त हुँदैछन् ।
एमाले ले राष्ट्रियसभा निर्वाचनका लागि निम्नानुसार उम्मेद्वारहरू तय गरेको छ :
प्रदेश–१
खुलाः देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)
प्रदेश–२
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट)
बागमती
खुलाः गोपाल शाक्य (ललितपुर)
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)
गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेत (नवलपुर)
दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)
लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके)
दलितः कृष्णबहादुर सुनार (गुल्मी)
कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)
सूदुरपश्चिम
खलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)
दलितः नरेश बिक (बैतडी)

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page